दफा
भिसाको व्यवस्था

८. भिसाको व्यवस्था

८.१ विदेशी लगानीमा स्थापित उद्योगमा विदेशी लगानीकर्ताको लगानी रहेको अवधिभरका लागि विदेशी लगानीकर्ता वा अधिकृत प्रतिनिधि र निजको आश्रित परिवारलाई नेपालमा बस्न गैर पर्यटक भिसा दिइनेछ ।

८.२ नेपालमा लगानी गर्ने उद्देश्यले अध्ययन एवं अनुसन्धानको सिलसिलामा नेपाल आएका विदेशी लगानीकर्तालाई ६ महिनासम्मको गैरपर्यटक भिसा दिइनेछ ।
८.३ कुनै विदेशी लगानीकर्ताले एकैपटक यु.एस.डलर दुई लाखभन्दा बढी परिवत्र्य विदेशी मुद्रा लगानी गरी उद्योग स्थापना गरेमा विदेशी लगानीकर्ता तथा निजको आश्रित परिवारका लागि उद्योगमा लगानी रहेसम्म स्थायी आवासीय भिसा उपलब्ध गराइनेछ ।